फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपप्रधानमन्त्री महराको सम्मानमा नेपाली दूतावासद्वारा रात्रीभोजको आयोजना

(GMT+08:00) 2017-05-13 19:18:40

 

चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको सम्मानमा पैचिङस्थित नेपाली दूतावासले शनिवार एक रात्रीभोजको आयोजना गर्दैछ।

पैचिङमा मै 14-15 तारिख आयोजना हुने 'अन्तर्राष्ट्रिय सहकार्यका लागि बेल्ट एण्ड रोड फोरम' शिखर सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री महराको नेतृत्वमा 8 सदस्य प्रतिनिधिमण्डल आज मै 13 तारिख शनिबार पैचिङ आइपुगेको हो। उक्त प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री महरासँगै सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र बहादुर कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि हुनुहुन्छ।

यस शिखर सम्मेलनमा 28 देशका राष्ट्र प्रमुख, मन्त्रिस्तरीय एक सय प्रतिनिधि, त्यतिकै संख्यामा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसहित 1 हजार 2 सय प्रतिनिधिहरूले भाग लिंदैछन्।

1  2  
जानकारी तथा लेखहरु