फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआई शिखर सम्मेलन उद्धाटन

(GMT+08:00) 2017-05-14 10:04:50
आज मे चौध तारिख विहान बीआरआई अन्तर्राष्ट्रिय सहयोगात्मक शिखर सम्मेलन पैचिङ्गका शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले उद्धाटन समारोहलाई मुख्य सम्बोधन गर्नुभयो। सम्बोधनमा चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा'एक पेटी एक मार्ग'वरिपरिका सबै मुलुकको मैत्रीपूर्ण सहयोगलाई विकास गर्ने ईच्छा लिएको कुरामा जोड दिनुभएको छ।

'एक पेटी एक मार्ग'प्रस्ताव प्रस्तुत गरेपछिको चार वर्षमा चीन र सम्बन्धित मुलुकबीचको नीतिको आदानप्रदान गहिरो रहेको, प्रबन्धको सम्पर्क सबल बनाइएको, व्यापारमा पनि सजिलो भएको भन्दै राष्ट्राध्यक्ष सीले सन्2014 देखि 2016 सम्म चीनले'एक पेटी एक मार्ग'वरिपरिका मुलुकसँगको व्यापारको कूल रकम तीस खर्ब अमेरिकी डलरभन्दा बढी भएको बताउनुभयो। उहाँले यस क्षेत्रमा भएको लगानी पनि पचास अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको बताउनुभयो। चिनियाँ व्यवसायीले सम्बन्धित मुलुकलाई एक अर्ब दश करोड अमेरिकी डलरको कर तथा एक लाख असी हजारभन्दा बढी रोजगारी सिर्जना गरेको उहाँले बताउनुभयो।

यस पटकको शिखर सम्मेलनको शीर्षक'अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाऔँ, एक पेटी एक मार्गको संयुक्त रुपमा निर्माण गर्दै साझा विजय तथा विकासलाई साकार तुल्याऔँ'रहेको छ। यस सम्मेलनमा उनन्तीसवटा मुलुकका नेताहरु सहभागी भएर संयुक्त राष्ट्र संघ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष आदि सत्तरीभन्दा बढी अन्तर्राष्ट्रिय संगठनका जिम्मेवारी अधिकारीहरु शिखर सम्मेलनमा सहभागी भएका छन्।

सन् 2013 मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले'एक पेटी एक मार्ग'प्रस्ताव प्रस्तुत गरेपछि यस पटकको बीआरआई शिखर सम्मेलन चीनले आयोजना गरेको सर्वोच्च अन्तर्राष्ट्रिय शिखर सम्मेलन हो।

जानकारी तथा लेखहरु