फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा 20 वर्षपछि स्थानीय चुनाव

(GMT+08:00) 2017-05-14 15:55:43

 

नेपालमा आज 20 वर्षपछि स्थानीय निर्वाचन भएको छ। पहिलो चरणमा 34 जिल्लाका 2 सय 83 स्थानीय तहमा छिटफुट घटना बाहेक शान्तपूर्ण रुपमा निर्वाचन सम्मपन्न भएको छ। निर्वाचनमा उत्साहजनक मतदान भएको कान्तिपुर अनलाइनले लेखेको छ।

संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ। निर्वाचन आयोगले आज बिहान 7 देखि साँझ 5 बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको थियो। मध्यान्हसम्मा पचास प्रतिशतभन्दा बढी मतदान भइसकेको थियो।

1  2  
जानकारी तथा लेखहरु