फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा भरतपुर महानगरमा मतदान

(GMT+08:00) 2017-05-14 15:57:41

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज बिहान भरतपुर महानगरपालिकामा मतदान गर्नु भएको छ। उहाँले आफूले तालमेलअनुसार नै मतदान गरेको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। उहाँले आज बिहान चितवनको भरतपुर महानगरपालिका वडा नं. 4 लंकुस्थित लक्ष्मी मावि मतदान केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नु भएको हो।

भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ। प्रधानमन्त्री प्रचण्डले कसले कहाँ भोट हाल्ने कुरा महत्वपूर्ण नभइ निर्वाचन सम्पन्न हुनु चाहिँ ठूलो कुरा भएको बताउनुभयो। उहाँले तालमेलअनुसार नै मतदान भएको पनि बताउनुभयो।

'यस ऐतिहासिक निर्वाचनमा व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै मैले अपिल गरेको छु। आज उत्साहपूर्णढंगले जुन सहभागिता देखापरेको छ, यसले सबैतिर अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ।'

प्रधानमन्त्री प्रचण्ड शनिबार नै मतदान गर्न परिवारसहित भरतपुर जानु भएको थियो।

जानकारी तथा लेखहरु