फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा रुसी राष्ट्रपति पुटिन बीच भेट-वार्ता

(GMT+08:00) 2017-05-14 16:06:46

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज मे चौध तारिख त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा चीनमा एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट-वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले लेखेको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले चीन र रुस दुवै देश असल छिमेकी, राम्रा साथी र राम्रा साझेदारी हुन् भन्दै यस वर्षयता चीन-रुस चौतर्फी रणनीतिक सहयोगी साझेदारी सम्बन्ध सक्रियताका साथ विकसित हुनुका साथै विभिन्न क्षेत्रमा रहेका विविध सहयोगमा पनि नयाँ उपलब्धि प्राप्त हुँदैआएको जानकारी दिनुभएको छ।

प्रत्युत्तरमा राष्ट्रपति पुटिनले एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च सफलताका साथ शुरु भएकोमा बधाई व्यक्त गर्नुभएको छ।

दुवै देशका राष्ट्रनायकले कोरियाली प्रायद्बीपको आणविक समस्या लगायत साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयबारे पनि वैचारिक आदान-प्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु