फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका सार्वजनिक सुरक्षा मन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेट

(GMT+08:00) 2017-05-14 18:02:00

चीनको राज्य परिषद्का सदस्य एवं सार्वजनिक सुरक्षा मन्त्री को शङ खुनले मे तेह्र तारिख पैचिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुनुभएका संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेससँग भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा मन्त्री कोले राष्ट्राध्यक्ष सी चिन फिङले संयुक्त राष्ट्र संघको शान्ति संरक्षण शिखर सम्मेलनमा गर्नुभएको मन्तव्यको निर्देशन अनुसार चीनले शान्ति संरक्षण क्षेत्रमा संयुक्त राष्ट्र संघसँगको सहयोगलाई निरन्तर रुपमा मजबुत पार्नुका साथै आतंकवाद विरुद्ध र लागू पदार्थ निषेध आदि पक्षमा रहेका सहयोगलाई गहन पारी विश्व शान्ति र विकासको संरक्षण गर्नका लागि अझ ठूलो योगदान गर्दै जाने कुरा औँल्याउनुभएको छ।

प्रत्युत्तरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्र संघको सचिवालयले चीनसँगको सहयोगलाई निकै महत्व दिनुका साथै शान्ति संरक्षणात्मक गतिबिधिका सन्दर्भमा संयुक्त राष्ट्र संघलाई समर्थन गर्दै आएकोमा चीनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु