फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआईमा अझ बढी सिर्जनशीलता र वास्तविक अभ्यास चाहिने चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको भनाइ

(GMT+08:00) 2017-05-14 18:12:54

सारा विश्वको ध्यानाकर्षणमा रहेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च आज मे चौध तारिख पैचिङ्गमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उद्धाटन समारोहलाई मन्तव्य दिँदै एक पेटी एक मार्ग प्रस्तावको इतिहास, बितेका चारदेखि प्राप्त उपलब्धिको पुन:सिंहावलोकन गर्नुका साथै भविष्यको अभिलाषातिर उन्मुख हुँदै चीनले चाल्ने वास्तविक नीति पनि प्रस्तुत गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीनले बीआरआई निर्माणतर्फको पूँजी समर्थनलाई बढाउने छ। चीनले रेशमी मार्ग कोषतर्फ एक खर्ब चिनियाँ युआनको रकम थपिदिनुका साथै आरएनबी सम्बन्धी विदेशी कारोबार चलाउन बैंकिङ्ग प्रणालीलाई प्रेरणा दिने कार्यक्रम छ। समस्त लगानी परिधि झण्डै तीन खर्ब चिनियाँ युआन अनुमान गएको छ।

दर्जनौँ मुलुकका नेताहरू र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरू यस शिखर मञ्चमा सहभागी हुनुभएको कुराबाट विचार र नीति तहमा आपसी मतैक्य मोटामोटी रुपमा सम्पन्न भएको प्रष्ट भएको छ।

जानकारी तथा लेखहरु