फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

११ प्रतिशत नेपाली मताधिकारबाट बञ्चित

(GMT+08:00) 2017-05-15 15:53:12

        मुलुकमा स्थानीय तहको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरू भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन्। पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११प्रतिशत जनसंख्या मताधिकारबाट बञ्चित हुने देखिएको कारोबारदैनिकले लेखेको छ।

        आइतबारको निर्वाचनमा मात्रै करिब ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ। नेपालबाहिर हाल ४० लाखभन्दा बढी नेपाली रहेको र तिमध्ये ९० प्रतिशतभन्दा बढी मताधिकारका लागि योग्य रहेको बताइन्छ।

         वैदेशिक रोजगारीमा जाने सबै नेपालीको उमेर मताधिकारका लागि योग्य हुने भएकाले निर्वाचनमा यसको ठूलो महत्व हुने सामाजशास्त्री तथा वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ बताउँछन्। उनका अनुसार स्थानीय तहका दुवै निर्वाचनको हिसाब गर्दा ११ प्रतिशतभन्दा बढी नेपाली विदेश जानुपरेका कारण मत अधिकारबाट बञ्चित भएका छन्। देश निर्माणका लागि आवश्यक पर्ने र श्रम तथा विकास बुझेका ४० लाखभन्दा बढी जनसंख्या नै निर्वाचनबाट बञ्चित हुनु अत्यन्त दुःखद कुरा भएको पनि उनले बताए।

          विभिन्न कारणले विदेश गएका नेपालीको औषत विदेश बसाइ ३ वर्ष हुने तथ्यांकलाई आधार मान्ने हो भने यो निर्वाचनमा १४ लाखभन्दा बढी नेपाली मत अधिकारबाट बञ्चित भएका छन्।

जानकारी तथा लेखहरु