फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उपप्रधानमन्त्री र नेपाली उपप्रधानमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-05-15 18:23:44

        चीनका उपप्रधानमन्त्री वाङ्ग याङ्गले हिजो चौध तारिख पैचिङ्गमा आयोजना भएको एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा भाग लिनुभएका नेपालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महरासँग भेटवार्ता गर्नुभएको छ। उपप्रधानमन्त्री वाङ्गका अनुसार चीनको छिमेकी मुलुक नेपाल चीनद्वारा एक पेटी एक मार्गमा प्रवर्द्धन गरिएको महत्वपूर्ण साझेदार मुलुक हो। चीनले नेपालसँग रणनीतिक सम्पर्कलाई मजबुत बनाउँदै आपसी पारस्परिक सम्पर्क,व्यापारिक लगानी,भूकम्पपछि पुनःनिर्माण,ऊर्जास्रोत आदि क्षेत्रको सहयोगलाई गहन गर्ने आशा गरेको छ।

          नेपाली उपप्रधानमन्त्री महराले एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको सफल संयोजनप्रति शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार एक पेटी एक मार्ग अवधारणाले क्षेत्रीय पारस्परिक सम्पर्क र संयुक्त समृद्धिका लागि अवसर सिर्जना गर्ने छ। नेपालले एक पेटी एक मार्गको प्रारुपमा वास्तविक तथा प्रभावकारी सहयोगमा सक्रिय भाग लिँदै अझ बढी उपलब्धि लिन प्रयास गर्ने छ।

जानकारी तथा लेखहरु