फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँचौं विश्व विज्ञ शिखर सम्मेलन पैचिङ्गमा

(GMT+08:00) 2017-05-15 18:25:41

         चीन र विदेशबाट आएका एक सयभन्दा बढी विद्वानहरुले आज पन्ध्र तारिख पैचिङ्गमा आयोजना भएको पाँचौं विश्व विज्ञ शिखर सम्मेलनमा भाग लिँदै सारा विश्वको दिगो विकासलगायतका विषयमा बैचारिक आदानप्रदान गरेका छन्।

          यस सम्मेलनको मुख्य विषय "बुद्धिपूर्ण विचारलाई मिलाउँदै सारा विश्वको विकासका लागि प्रयास गर्नु"भन्ने हो। चीनको राष्ट्रिय रणनीतिक परामर्शदात्री समितिका उपाध्यक्ष छन यआनले यस सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै यस सम्मेलनले व्यापक रुपमा विविध क्षेत्रका विशेषज्ञ तथा विद्वानको संगठन गर्दै सारा विश्वको व्यवस्थापन र अन्तर्राष्ट्रिय नियम सुधारलाई प्रवर्द्धन गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

          यस सम्मेलनमा धेरै विशेषज्ञहरुले बताएअनुसार विभिन्न मुलुकका विज्ञ संस्थाले सारा विश्वको दिगो विकासलाई प्रवर्द्धन गर्ने,नकारात्मक प्रभावलाई हटाउने प्रभावकारी समाधान उपाय प्रस्तुत गर्नसक्ने छ। जसबाट विभिन्न मुलुकका जनताहरू विकसित उपलब्धिबाट लाभान्वित हुने छन्।

जानकारी तथा लेखहरु