फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउण्ड टेबल शिखर सम्मेलन पैचिङमा

(GMT+08:00) 2017-05-15 18:30:27

        एक पेटी एक मार्गको अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आज पन्ध्र तारिख दोस्रो दिनमा राउण्ड टेबलको शिखर सम्मेलन पैचिङको ह्वाइ रौ जिल्लाको येनसिहु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले दिनभरिका दुई चरणका सम्मेलनलाई अध्यक्षता गर्दै सहभागीहरुसँग नीति तथा विकास रणनीतिलार्इ जोड्ने तथा साझेदारी सम्बन्धलाई गहन पार्ने, अन्तर्सम्पर्क तथा व्यावहारिक सहयोगलाई बढाएर संयुक्त विकास गर्ने यी दुई विषयबारे गहिरो रुपमा आदान-प्रदान गर्नुभएको छ। उहाँले एक पेटी एक मार्ग नीतिको जन्म चीनमा भए तापनि यो विश्वको र साझा रुचि तथा लक्ष्य रहेका सबै मित्रवत् मुलुकलाई खुला रहेको र साथै कुनै एक पक्षप्रति लक्षित वा पूर्वाग्रही नरहने भन्ने कुरामा पनि जोड दिनुभएको छ।

          सो अवसरमा सी चिन फिङले आवश्यक प्रबन्धको निर्माण र अन्तर्सम्पर्कलाई बढाएर विभिन्न मुलुकका नीति तथा विकास रणनीति जोडेर व्यावहारिक सहयोग गरी संयुक्त विकास तथा समृद्ध हुने एक पेटी एक मार्ग प्रस्तावको केन्द्रिय विषय रहेको व्यक्त गर्नुभयो। उहाँले एक पेटी एक मार्ग प्रस्ताव राखेको तीन वर्षयता अन्तर्राष्ट्रिय समूहको सक्रिय प्रतिक्रिया र व्यापक समर्थन पाएको देखेर आफूलाई निकै खुशी लागेको भन्दै यस मञ्चले अरु सहमति संकलन गरी एक पेटी एक मार्ग निर्माणको अन्तर्राष्ट्रिय सहयोगलाई दिशा देखाउन मद्दत पुग्नसक्ने आशा आफूले लिएको बताउनुभयो।

          जनाएअनुसार, यसै राउण्ड टेबल शिखर सम्मेलन पूरा भएपछि एक पेटी एक मार्गको निर्माणसम्बन्धी विभिन्न पक्षबीचको सहमति प्रतिबिम्बित हुने राउण्ड टेबल शिखर सम्मेलनको संयुक्त विज्ञप्ती सार्वजनिक हुनेछ।

जानकारी तथा लेखहरु