फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गको निर्माण नै भविष्यमुखी सही छनौट: सी चिन फिङ

(GMT+08:00) 2017-05-15 19:00:34

        एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोगको शिखर मञ्च मेइ महिनाको चौध तारिखदेखि पैचिङमा सुरु भएको छ। सोहि दिन बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिन फिङले स्वागत भोजको आयोजना गरी मञ्चमा सहभागी अतिथिहरुको स्वागत गर्नुभएको थियो।

         सो अवसरमा उहाँले एक पेटी एक मार्गले सभ्यताको आदान-प्रदान, शान्ति स्थापना, साझा विकास तथा असल जीवन बिताउने हाम्रो अपेक्षा बोकेको भन्दै सँगसँगै मिलेर प्राचीन सिल्क रोड जस्तै धेरै विकास गर्नसक्ने व्यक्त गर्नुभयो। उहाँका अनुसार, दुई हजार वर्षअघि पूर्वजले मैत्रीपूर्ण आवत-जावत गर्ने सरल इच्छाको आधारमा प्राचीन सिल्क रोड खोलेर मानव जातीय सभ्यताको इतिहासको आदान-प्रदानको महान युग सुरु गरेको थियो र आज प्राचीन सिल्क रोडको अनुभवबाट एक पेटी एक मार्गको निर्माणबारे छलफल गर्न सक्षम भएको र यो नै भविष्यमुखी सही छनौट हो।

जानकारी तथा लेखहरु