फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक शान्त तथा सहयोगात्मक विश्वको निर्माण नै एक पेटी एक मार्गको भावार्थ:पाकिस्तानी प्रधानमन्त्री

(GMT+08:00) 2017-05-15 19:01:37
         पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले हिजो चौध तारिख पैचिङ्गमा आयोजना भएको एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा एक शान्त तथा सहयोगात्मक विश्वको निर्माणका लागि प्रयास गर्नु नै एक पेटी एक मार्ग अवधारणाको भावार्थ रहेको बताउनुभयो।

         उहाँका अनुसार एक पेटी एक मार्ग अवधारणा एक ठूलो अन्तरमहादेश सहयोग हो। यस अवधारणको निर्माणमा ऊर्जास्रोत,पूर्वाधार प्रबन्ध,व्यापार आदि धेरै क्षेत्र समेटिएका छन्। एक पेटी एक मार्ग अवधारणा सारा विश्वका मुलुकका लागि खुल्ला छ। एक विश्वव्यापी सार्वजनिक बस्तुको रुपमा यस अवधारणले अझ बढी सक्रिय शक्ति सिर्जना गर्ने बताउँदै पाकिस्तानले निरन्तर रुपमा यस अवधारणाको समर्थन दिँदै शान्ति तथा विकासका लागि अझै बढी योगदान गर्ने पनि प्रधानमन्त्री शरिफले बताउनुभयो।

जानकारी तथा लेखहरु