फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले मेट्रो रेल तथा फ्लाई ब्रिजका लागि सहयोग गर्ने

(GMT+08:00) 2017-05-16 16:53:00

         एक पेटी एक मार्ग सम्मेलनमा भाग लिन चीनको भ्रमणमा रहेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जनबादी गणतन्त्र चीनका यातायात मन्त्री ख्हली छ्याओ फिङसित भेटवार्ता गरेको सेतोपाटीले लेखेको छ।

         भेटका अवसरमा मन्त्री लेखकले सडक र रेलद्वारा दुई देशलाई यातायात संजालमा जोड्ने र निकट भबिष्यमा नेपालले संचालन गर्ने सुरुङ्ग मार्ग, मेट्रो रेल, फ्लाई ब्रिजजस्ता महत्वपूर्ण परियोजनाहरुको दक्ष जनशक्ति उत्पादन तथा बिकास गर्न आबश्यक सहयोगका लागि प्रस्ताव गरेका थिए।

          एक पेटी एक मार्ग (ओबिओआर)मा नेपालले हस्ताक्षर गरेकोमा चिनियाँ मन्त्रीले खुशी व्यक्त गर्दै सो सम्झौताले नेपाल र चीनबीच नयाँ आर्थिक आयामको प्रारम्भ भएको उल्लेख गरे। साथै उनले सीमा क्षेत्रसम्म यातायात तथा रेल संचालन गरी ओबिओआरको रुपमा अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे।

          यसको लागि चीनको इन्टरनेसनल डिपार्टमेन्टका डाइरेक्टर जनरललाई सम्पर्क व्यक्तिको रुपमा उक्त दिनदेखि नै काम अगाडि बढाउने गरि तोकेको जानकारी दिए। त्यस्तै नेपालकातर्फबाट पनि चीनका लागि नेपाली राजदुत लाई सम्पर्क व्यक्तिका रुपम तोकिएको मन्त्री लेखकले बताए।

          चीनका यातायात मन्त्रीले नेपालमा सन्चालन हुने ठूला परियोजनाका लागि जनशक्ति विकासमा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

जानकारी तथा लेखहरु