फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१४ आरोही एकसाथ सगरमाथाको चुचुरोमा

(GMT+08:00) 2017-05-16 16:54:51

        वसन्त मौसममा पहिलो पटक १४ जनाले नेपालको बाटो हुँदै सगरमाथा सफल आरोहण गरेका छन्। सोमबार १:१५ मा ११ जना गाइड र ३ आरोहण दलका सदस्यले चुचुरोमा पाइला टेकेका हुन्।

         गोरखा एभरेष्ट एक्सपीडिसन २०१७ आरोहणदल सदस्य बेलायतका गोरखा सैनिक कृष्ण थापा मगर, निर्मल पुरजा, धन्नी राई र सहयोगी गाइड पेमा छिरिङ, पेमछिरि, कान्छानुरु, लाक्पा गेलु, सोनाम जङबु, पासाङ शेर्पा, डेन्डी, टासी शेर्पा, ग्याबु भोटे र छिमी ल्हेण्डुप गुरुङले सफल आरोहण गरेको सम्पर्क अधिकृतका रुपमा खटिएका सरकारी प्रतिनिध ज्ञानेन्द्र श्रेष्ठले जनाएको अन्नपूर्णपोस्टले लेखेको छ।

          यो सिजनमा सगरमाथा आरोहणका लागि नेपाल मोहोडाबाट ३७ आरोहणदलका तीन सय ६३ जना आरोहीले अनुमति लिएका छन्। यो बाटो हुदै ल्होत्से हिमालका लागि नौ आरोहणदलका एक सय आठ जना आरोही आरोहणका क्रममा छन्।

          खराव मौसमका कारण लामो समयदेखि क्याम्प चार भन्दामाथि बाटो बनाउन सकिएको थिएन। शनिबार र आइतबार पायोनियर एडभेन्चर ट्रेक प्रालि प्रमुख दक्ष गाइड लाक्पा शेर्पा र गोरखा एभरेष्ट एक्पीडिसनका शेर्पा गाइडको अथक प्रयासपछि बाटो तयारी गरी आरोहण सफल बनाएको हो। आरोही १४ जना यो मौसमकै पहिलो सगरमाथा आरोहण गर्ने टोली हो।

जानकारी तथा लेखहरु