फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाको अर्को क्षेप्यास्त्र प्रक्षेपणप्रति संयुक्त राष्ट्र संघद्वारा निन्दा

(GMT+08:00) 2017-05-16 16:55:57

        मै पन्ध्र तारिख संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियो गुटरस र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले क्रमशः वक्तव्य प्रकाशित गर्दै उत्तर कोरियाले हालै फेरि गरिएको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै उत्तर कोरियालाई आणविकरहित बाटोमा फर्कन ताकिता गरेको छ।

         महासचिव गुटरसको वक्तव्यका अनुसार उत्तर कोरियाको उक्त गतिविधिले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको निर्णयलाई उल्लङ्घन गरेको छ र साथै क्षेत्रीय शान्ति तथा सुरक्षामा खतरा पुर्‍याएको छ।

         सुरक्षा परिषदले जोड दिएअनुसार कोरियाली प्रायद्वीप र अझ बढी ठूलो क्षेत्रको तनावपूर्ण परिस्थितिलाई शिथिल पार्नु निकै महत्वपूर्ण छ। त्यसैले सुरक्षा परिषदले उत्तर कोरियालाई आणविक परिक्षण बन्द गर्न आग्रह गर्दै शान्त,कुटनीतिक तथा राजनीतिक समाधान उपाय खोज्न प्रयास गर्दैजान पुनःपुष्टि गरेको छ।

जानकारी तथा लेखहरु