फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन सम्मेलनमा अनेकन् सहमति

(GMT+08:00) 2017-05-16 16:56:30

         दुई दिने एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन मै पन्ध्र तारिख पैचिङ्गमा सम्पन्न भयो। चिनियाँ राष्ट्राध्यक्ष सि चिन फिङले चिनियाँ तथा विदेशी पत्रकारसँग कुराकानी गर्दै यस सम्मेलनमा पाइएका अनेकन् सहमतिले एक पेटी एक मार्गको निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको दिशा प्रदान गर्ने बताउनुभयो। साथै उहाँले चीनले सन्2019मा दोस्रो एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको आयोजना गर्ने घोषणा पनि गर्नुभएको छ।

          सम्मेलनको अवधिमा पन्ध्र सयभन्दा बढी चिनियाँ र विदेशी अतिथिले"एक पेटी एक मार्गको संयुक्त निर्माण गर्दै साझा फाइदा र विकासलाई साकार तुल्याउनु"भन्ने मुख्य विषयमा बैचारिक आदानप्रदान गरेका थिए। हिजो पन्ध्र तारिख आयोजना भएको एक पेटी एक मार्गको अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउण्ड टेबल शिखर सम्मेलनमा तीस मुलुक नेताहरु र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिले"नीति र विकास रणनीतिबीचको सम्पर्कलाई मजबुत बनाउँदै साझेदारी सम्बन्धलाई गहन पार्नु" र "पारस्परिक सम्पर्क तथा वास्तविक सहयोगलाई प्रवर्द्धन गर्दै लगातार विकासलाई व्यवहारमा उतार्नु" भन्ने दुई विषयमा व्यापक सहमति गर्नुका साथै "संयुक्त विज्ञप्ती" सार्वजनिक गरेका छन्।

जानकारी तथा लेखहरु