फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

द्वन्द्व पीडित महिलाको संरक्षण बढाउन चीनको आव्हान

(GMT+08:00) 2017-05-16 16:57:04

         संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी उपप्रतिनिधि उ हाइ थाउले अन्तर्राष्ट्रिय समाजले वास्तविक कदम चालेर द्वन्द्व पीडित महिलाको संरक्षण शक्तिलाई बढाउनुपर्ने व्यक्त गर्नुभएको छ। मै पन्ध्र तारिख आयोजित सशस्त्र द्वन्द्वमा हुने यौन हिंसा विषयक संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको सार्वजनिक सम्मेलनमा चिनियाँ स्थायी उपप्रतिनिधि उले उक्त कुरा बताउनुभएको हो।

         उहाँका अनुसार शान्तिको माध्यममार्फत सशस्त्र द्वन्द्वको समाधान गर्नुपर्छ जसले द्वन्द्वमा हुने यौन हिंसा गतिविधिलाई पन्छाउने छ। अन्तर्राष्ट्रिय समाजले राजनीतिक तरिकाले द्वन्द्व समस्याको समाधान गर्ने नीति कायम राख्दै महिलाका विभिन्न अधिकारलाई प्रत्याभूति गर्नुपर्छ। चीनले अन्तर्राष्ट्रिय समाजसँग शान्त,सुरक्षित,स्थिर अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्दै सारा विश्वको महिलाको निरन्तर विकासका लागि अझ ठूलो योगदान गर्ने आशा राखेको स्थायी उपप्रतिनिधि थाउले वयक्त गर्नुभयो।

जानकारी तथा लेखहरु