फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र एक पेटी एक मार्ग वरिपरिका चालीसभन्दा बढी मुलुकबीच प्रत्यक्ष हवार्इ उडान

(GMT+08:00) 2017-05-16 18:57:07

        चीनको नागरिक उड्ययन ब्यूरोका अनुसार, हाल चीनको नागरिक उड्ययन र एक पेटी एक मार्ग वरिपरिका त्रिचालीस वटा मुलुकबीच प्रत्यक्ष हवार्इ उडान हुँदैआएको र हरेक हप्ता चार हजार दुई सय पटक उडान हुने गरेको छ। साथै चार्इना एयर, चार्इना साउर्थन, चार्इना र्इस्टर्न एयरलाइन्स आदि चिनियाँ उड्ययन कम्पनीले एक पेटी एक मार्ग वरिपरिको बजार सं‍चालन बढाउँदै अरु दुई सय चालीस वटा उडान थप्ने भएको छ।

        आज मै १६ तारिख पैचिङमा आयोजित चिनियाँ नागरिक उड्ययन ब्यूरोको पत्रकार सम्मेलनमा ब्यूरोको विकास योजना विभागका प्रमुख वाङ छाङ यीले उक्त कुरा व्यक्त गर्नुभएको हो। उहाँका अनुसार, सन् 2016को अन्तसम्म चीनले एक सय बीस वटा मुलुक तथा क्षेत्रसँग उड्ययन ढुवानी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र तीमध्ये आधाभन्दा बढी एक पेटी एक मार्ग वरिपरिका मुलुक छन्।

         वाङ छाङ यीले जानकारी दिएअनुसार, केही वर्षयता ती उडान संचालन बढेपछि चीनमा आउने विदेशी पर्यटकको तथ्याङ्कमा एक पेटी एक मार्ग वरिपरिका मुलुकको अनुपात बढ्दैआएको छ। सन् 2015को 39.8 प्रतिशतबाट सन् 2017को अघिल्ला चार महिनामा 47.1 प्रतिशतसम्म बढेको छ।

जानकारी तथा लेखहरु