फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र श्रीलंकाका प्रधानमन्त्रीबीच भेट वार्ता

(GMT+08:00) 2017-05-16 19:08:07

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज सोह्र तारिख जन बृहत्त सभा भवनमा एक पेटी एक मार्ग शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिँघेसँग भेट वार्ता गर्नुभएको छ।

        सो अवसरमा सी चिन फिङले यस वर्ष चीन र श्रीलंकाबीचको दौत्य सम्बन्ध स्थापना भएको साट्ठी वर्ष पुगेको भन्दै दुई पक्षले सो सुअवसरमा जनता-जनताबीचको आपसी आदान-प्रदान बढाउनुपर्ने व्यक्त गर्नुभयो। चीनले श्रीलंकासँग युवा, प्रबुद्ध वर्ग, मिडिया, धार्मिक, पर्यटन आदि क्षेत्रको आदान-प्रदान र सहयोग बढाउने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

         प्रत्युत्तरमा रानिल विक्रमसिँघेले भर्खरै सम्पन्न भएको एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा धेरैले सहभागीता जनाएको र ठूलो उपलब्धि हासिल भएको भन्दै बधाइ ज्ञापन गर्नुभयो। उहाँले श्रीलंकाले आफ्नो क्षेत्रीय श्रेष्ठता लिएर एक पेटी एक मार्गको निर्माणमा योगदान गर्ने इच्छा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु