फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मासिक सवा २ अर्बको सुन आयात

(GMT+08:00) 2017-05-17 18:00:09

          पछिल्लो समय सुनको वैधानिक आयात बढ्न थालेको छ। व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सुनको आयात ३७ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७२/७३ को पहिलो ९ महिनामा १४ अर्ब ५ करोड ७० लाख रुपैयाँको आयात भएको थियो। अहिले १९ अर्ब २५ करोड ९७ लाख रुपैयाँको आयात भएबाट मासिक २ अर्ब १३ करोड ९९ लाख रुपैयाँको आयात भएको र्इकान्तिपुरले लेखेको छ।

        सरकारले वैदेशिक रोजगारबाट घर फर्किने क्रममा ५० ग्राम सुन आयात सुविधा बन्द गरेकाले पनि बैधानिक आयात बढेको व्यवसायीहरूको भनाइ छ। व्यवसायीका अनुसार हाल तस्करीको सुन केही निरुत्साहित भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले तस्करी र ५० ग्रामको सुविधा बन्द हुँदा वैधानिक आयात बढेको बताए।

          हाल वैदेशिक रोजगारीमा जानेले गहना ल्याउन पाइन्छ। तर, ढिका सुन ल्याउन पाइँदैन जसकारण पनि आयात बढेको हो।

         महासंघका अध्यक्ष मोहन सुनारले सुनको कोटा बढेकाले आयात बढी देखिएको बताए। सुन खरिद गर्ने ग्राहक पनि बढदै गएको उनले बताए। गत वर्ष सुनको दैनिक कोटा १५ किलो मात्रै थियो। करिब तीन महिनायता राष्ट्र बैकले कोटा बढाएर २० किलो पुर्‍याएको र सोहीअनुसार आयात बढेको छ।

          हाल वाणिज्य बैंकहरूले सुन किलोमा आयात गरी सोहीअनुसार बिक्री गर्छन्। बैंकहरूले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, स्विटजरल्यान्डलगायतका मुलुकबाट सुन आयात गर्दै आएका छन्। आयातित सुन सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी कला व्यवसायी संघ र सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफिरिसमा बैंकले गहना व्यवसायीलाई वितरण गर्दै आएका छन्।

          कार्यविधिअनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन्। चाडबाड र सिजनमा भने मागअनुसार कोटा वृद्धि हुन्छ।

जानकारी तथा लेखहरु