फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणसम्बन्धमा संयुक्त राष्ट्र संघद्वारा गोप्य छलफल

(GMT+08:00) 2017-05-17 18:01:44
        संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको वर्तमान अध्यक्ष एवम संयुक्त राष्ट्र संघका लागि युरग्वेका स्थायी प्रतिनिधि एलबिओ रोस्सेलीले हिजो सोह्र तारिख जनाउनुभएअनुसार सुरक्षा परिषदले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणका कारण गोप्य छलफल गर्दै उत्तर कोरियाको उक्त गतिविधिको निन्दा गर्नुका साथै आणविक परिक्षण नगर्न ताकिता गरेको छ।

         सुरक्षा परिषदले जोड दिएअनुसार उत्तर कोरियाले तुरुन्तै खास गतिविधि गर्दै आणविक हतियाररहित सदिच्छापूर्ण बचनबद्धता देखाउनु निकै महत्वपूर्ण छ। साथै सुरक्षा परिषदले कोरियाली प्रायद्वीप र उत्तर पूर्वी एशियाली क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्ने महत्व पुनःपुष्टि गरेको छ।

जानकारी तथा लेखहरु