फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व पर्यटन शहर संघ र शाङ्गहाइ सहयोग संगठनबीच सहयोगात्मक सम्झौता

(GMT+08:00) 2017-05-17 18:30:43

        विश्व पर्यटन शहर संघ र शाङ्गहाइ सहयोग संगठनले हालै पैचिङ्गमा संयुक्त रुपमा《विश्व पर्यटन शहर संघीय सचिवालय र शाङ्गहाइ सहयोग संगठन सचिवालयबीच पर्यटन सहयोग प्रारुप सम्झौता》मा हस्ताक्षर गरेको छ। यस सम्झौतामा चीन र रेशमी मार्ग आर्थिक बेल्ट सम्बन्धी तटवर्ती मुलुकको प्रचुर ऐतिहासिक साँस्कृतिक सम्पत्तिको व्यापाक प्रचारप्रसार,शाङ्गहाइ सहयोग संगठन सचिवालयको खुल्ला दिन कार्यक्रमको संयुक्त संयोजन,शाङ्गहाइ सहयोग संगठनका सदस्य मुलुकको पर्यटकीय स्रोतको जानकारी आदि विषय समेटिएको छ।

         शाङ्गहाइ सहयोग संगठनका महासचिव अलिमोफका अनुसार यस सम्झौताले शाङ्गहाइ सहयोग संगठन र रेशमी मार्ग आर्थिक बेल्ट सम्बन्धी तटवर्ती शहरबीचको आदानप्रदान तथा सहयोगलाई सक्रिय प्रबर्द्धन गर्ने छ।

जानकारी तथा लेखहरु