फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको श्रेष्ठ उद्योग बाहिरिनुबाट एक पेटी एक मार्गको पूर्वाधार प्रबन्ध निर्माणको पारस्परिक सम्पर्कका लागि हितकर

(GMT+08:00) 2017-05-17 18:31:10
         चीनको राष्ट्रिय विकास तथा सुधार समितिअन्तर्गत अन्तर्राष्ट्रिय सहयोग केन्द्रको मुख्य संयोजनमा समुद्री रेशमी मार्ग पूर्वाधार प्रबन्धको निर्माण उच्च स्तरीय गोष्ठी मै सोह्र तारिख स्या मनमा आयोजना भएको छ। यस सम्मेलनमा भाग लिएका चिनियाँ तथा विदेशी विशेषज्ञले पूर्वाधार प्रबन्धले एक पेटी एक मार्गको निर्माणमा निर्देशकीय भूमिका सिर्जना गरेको व्यक्त गरेका छन्। उनीहरुको विचारमा एक पेटी एक मार्गको निर्माण गर्ने क्रममा पूर्वाधार प्रबन्धको पारस्परिक सम्पर्कले चीनको विकास र सम्बन्धित तटवर्ती मुलुकको विकासलाई घनिष्ट बनाउने छ। जसबाट साझा फाइदा र पारस्परिक हितलाई साकार तुल्याउन सकिने छ।

         चिनियाँ उद्योग बाहिरिने सम्बन्धमा विशेषज्ञहरुका अनुसार केही दशकको विकासपछि चिनियाँ उद्योगको क्षमता र स्तर विश्वव्यापी मापदण्डमा पुगेको छ। विशेष गरी उच्च गति रेलमार्ग,बन्दरगाह आदि पूर्वाधार प्रबन्धको निर्माण स्तरले विश्वमा नेतृत्वदायी भूमिका सिर्जना गरेको देखिन्छ। त्यसैले चीनको उत्कृष्ट उद्योग बाहिर जानुबाट अन्य मुलुकको स्थानीय आर्थिक विकास र सामाजिक प्रगतिमा शक्तिशाली समर्थन दिने छ।

जानकारी तथा लेखहरु