फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग शिखर मञ्चको आयोजना गरेबाट चीनले जिम्मा लिएको देखिएको चीनको परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2017-05-17 18:55:39

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले चीनले एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आयोजना गरी अन्तर्राष्ट्रिय सहयोग र साझा विकासको लागि महत्वपूर्ण मौका प्रदान गरेको छ जसबाट सबै जिम्मा चीनले लिएको देखिएको व्यक्त गर्नुभयो।

        आज १७ तारिख पैचिङमा आयोजित नियमित्र पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। केही दिनयता अन्तर्राष्ट्रिय समूहले शिखर मञ्चमाथि उच्च मूल्याङ्कन गरेका छन् साथै केही मुलुकले आफ्नो अन्तर्राष्ट्रिय प्रभाव वा नेतृत्व बढाउन मात्रै चीनले मञ्चको आयोजना गरेको बताएका छन्। त्यसको जवाफ दिँदै प्रवक्ता ह्वाले चीनले आफ्नो अन्तर्राष्ट्रिय प्रभाव वा नेतृत्व बढाउन खोजेको भन्दा पनि चीनले जिम्मा लिने साहस गरेको भनेर बुझ्दा अझ राम्रो हुने व्यक्त गर्नुभयो।

         उहाँले एक पेटी एक मार्ग नीति चीनले उठाएको तर चीनले संयुक्त छलफल, निर्माण तथा शेयर गर्ने विचार लिइरहेको छ भन्दै ठूला साना सबै मुलुक समान रहेको विचारमा चीन अडिग रहेको र साथै ठूलो मुलुकले अवश्य नै अझ ठूलो जिम्मा र योगदान गर्नुपर्ने विचार लिएको पनि बताउनुभयो। चीनले एक पेटी एक मार्ग प्रस्ताव प्रस्तुत गरेको र त्यसको शिखर मञ्चको आयोजना गरेबाट चीनको उत्तरदायित्व र जिम्मा लिने अनुभव देख्नसकिने पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु