फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सामाजिक विज्ञान प्रतिष्ठान स्थापना भएको चालीस वर्ष पुग्दा सी चिन फिङद्वारा बधार्इ ज्ञापन

(GMT+08:00) 2017-05-17 19:04:00

         चीनको सामाजिक विज्ञान प्रतिष्ठान स्थापना भएको चालीसौँ वार्षिकोत्सवको सुअवसरमा आज सत्र तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले प्रतिष्ठानलाई बधार्इ सन्देश पठाएर दर्शनशास्त्र तथा सामाजिक विज्ञान क्षेत्रका सबै कर्मचारीलाई हार्दिक शुभकामना ज्ञापन गर्नुभयो।

         सी चिन फिङले चालीस वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेर चीनको सामाजिक विज्ञान प्रतिष्ठानले धेरै विकास गरी ठूलो उपलब्धिहरु हासिल गरेर धेरै दक्ष विकास गरेको छ साथै चिनियाँ स्थितिसँग मार्क्सवाद मिलाउन र चीनको दर्शनहास्त्र तथा सामाजिक विज्ञानको विकास गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो।

         सीले चिनियाँ विशेषतायुक्त समाजवादमा अडिग रहेर विकास गर्नु नै सैद्धान्तिक तथा व्यावहारिक अन्वेषण हो भन्दै चीनको सामाजिक विज्ञान प्रतिष्ठानका सबै कमाण्डर र दर्शनशास्त्र तथा सामाजिक विज्ञान क्षेत्रका सबै कर्मचारीले चिनियाँ विशेषतायुक्त समाजवादमा अडिग रही विकास गर्ने र मार्क्सवादको नेतृत्वदायी भूमिकामा अडिग रहने विचार लिएर अध्ययन गरी अरु योगदान गर्नसक्ने आशा आफूले लिएको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु