फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गले रेल ल्याउँछ, सीमा नाका खोल्छ'- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा

(GMT+08:00) 2017-05-18 17:59:57

        चीनको बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को-अपरेसन सम्मेलनमा भाग लिएर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा एक पेटी एक मार्ग असल अवधारणासहित आएको बताएको कारोबार दैनिकले लेखेको छ।

         एक पेटी एक मार्गले पूर्वाधार विकास, रेल्वे निर्माण, सीमा नाका खोल्ने, नेपालको विकासमा यस अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने बताए। चीन नेपालको आर्थिक विकासका लागि सदैव सकारात्मक रहेको बताउँदै उनले नेपालको आर्थिक विकासमा चीनको सहयोग निरन्तर रहने विषयमा छलफल भएको जानकारी दिए।

         चिनियाँ नेताहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री महराले नेपालको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचनबारे आफूले चिनियाँ पक्षलाई जानकारी गराएको बताए। नेपाल र चीन सधैँ असल छिमेकीका रुपमा रहेको उनले बताए।

         गत वैशाख ३१ र जेठ १ गते (मे १४-१५) मा बेइजिङमा भएको सम्मेलनमा भाग लिन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए।

          विश्वका २९ देशका राष्ट्रप्रमुख, १०० जना मन्त्री र त्यतिकै सङ्ख्यामा विभिन्न सङ्घ र संस्थाका प्रतिनिधिसहित एक हजार २०० प्रतिनिधिहरू सहभागी सम्मेलनमा नेपालको तर्फबाट उपप्रधानमन्त्री महराको नेतृत्वमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहित आठ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ गएको थियो।

          आइतबार सम्मेलनमा अर्थमन्त्री महराको प्रतिनिधिमण्डलले चिनियाँ समकक्षी वाङ याङसँग भेटवार्ता गरेको थियो। सञ्चारमन्त्री कार्कीले सम्मेलनलाई सम्बोधन गरेका थिए।

          नेपालले गत शुक्रबार एक पेटी एक मार्ग अवधारणामा औपचारिक रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। युरोप र अफ्रिकासमेतमा विस्तारित हुने यस चिनियाँ आयोजनाबाट नेपाल पनि लाभान्वित हुने हुँदा यस आयोजनाको समझदारीपत्रमा भएको हस्ताक्षरले नेपालको आर्थिक विकासमा पनि नयाँ आयाम थपिएको छ।

जानकारी तथा लेखहरु