फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा तीन ठूला उज्यालो विन्दू

(GMT+08:00) 2017-05-18 18:04:20

        चीनको राज्य परिषदका सदस्य याङ्ग चे छले मै सत्र तारिख त्याउ यु थाइ राष्ट्रिय अतिथि गृहमा सञ्चार माध्यमसँग कुराकानी गर्दै एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको उपलब्धि र सम्बन्धित तीन ठूला उज्यालो विन्दूबारे जानकारी दिनुभएको छ।

         यी तीन विन्दू भनेको भावी एक पेटी एक मार्गको सहयोगात्मक दिशालाई स्पष्ट पार्नु,एक पेटी एक मार्गको निर्माणको खास रुपरेखाको तर्जुमा गर्नु र सम्बन्धित केही महत्वपूर्ण परियोजना निश्चित गर्नु हुन्।

          याङ्गका अनुसार एक पेटी एक मार्गको संस्थापक मुलुक तथा संयोजन पक्षको रुपमा चीनले विकास रणनीति,आर्थिक बेल्टको निर्माणको प्रवर्द्धन,पूँजी जुटाउनु आदि क्षेत्रमा अनेकन् नयाँ कदम प्रस्तुत गरेको छ। यी कदमबाट चीनले एक पेटी एक मार्गको निर्माण गर्ने अठोट प्रतिबिम्बित भएको देखिन्छ।

जानकारी तथा लेखहरु