फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानको रेडियो तथा टेलिभिजन केन्द्रमा आक्रमण

(GMT+08:00) 2017-05-18 18:04:46

        अफ्गानिस्तानको पूर्वी भागको नान्गार्हार प्रान्त सरकारका प्रवक्ता खोग्यानीले मै सत्र तारिख जनाएअनुसार एक सशस्त्र शक्तिले सोही दिन यस प्रान्तको सदरमुकाम जालालाबाद शहरस्थित अफ्गानिस्तानको राष्ट्रिय रेडियो तथा टेलिभिजन केन्द्रमा आक्रमण गरेबाट कम्तीमा चार जनाको मृत्यु हुनुका साथै सत्र जना घाइते भएका छन्। उक्त आक्रमणमा तीन आक्रमणकारीको पनि मृत्यु भएको छ।

         यस घटनाको चरम संगठन "इस्लामीक स्टेट"ले जिम्मेवारी लिएको घोषणा गरेको छ। अफ्गानिस्तानमा सुरक्षा परिस्थिति गम्भिर भएकाले मिडिया तथा मिडियाकर्मीमाथि लक्षित आक्रमण हुँदैआएको छ। सन् 2016 यता अफ्गानिस्तानमा मिडियालक्षित आक्रमण कम्तीमा 14 पटक भइसकेको छ।

जानकारी तथा लेखहरु