फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग राष्ट्रिय पर्यटन मन्त्रीस्तरीय राउण्ड टेबल सम्मेलन सेप्टेम्बरमा हुने

(GMT+08:00) 2017-05-18 18:05:14

        यस वर्षको सेप्टेम्बर 11देखि 16तारिखसम्म संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको 22औं महाधिवेशन चीनको सछ्वान प्रान्तको छ तुङ्ग शहरमा आयोजना हुने भएको छ। यस अवधिमा चीनको राष्ट्रिय पर्यटन व्युरो र विश्व पर्यटन संगठनले संयुक्त रुपमा "एक पेटी एक मार्ग" राष्ट्रिय पर्यटन मन्त्रीस्तरीय राउण्ड टेबल सम्मेलनको आयोजना गर्ने भएका छन्।

          राष्ट्रिय पर्यटन व्युरोका प्रेस प्रवक्ता ल्यु श जुनले जानकारी दिएअनुसार एक पेटी एक मार्ग अवधारणा प्रस्तुत गरिएदेखि यता चिनियाँ पर्यटन विभाग तथा संस्थाले सक्रिय गतिविधि चलाउँदै एक पेटी एक मार्गको निर्माणअन्तर्गत पर्यटन विकास सम्बन्धमा सकारात्मक उपलब्धि पाएको छ। जनाएअनुसार यस राउण्ड टेबल सम्मेलनमा विभिन्न मुलुकका पर्यटन मन्त्रीहरुले रेशमी मार्गको पर्यटन सहयोगलाई गहन पार्ने विषयबारेमा बैचारिक आदानप्रदान गर्ने छन्।

जानकारी तथा लेखहरु