फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानका प्रधानमन्त्री र दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतबीच भेटवार्ता

(GMT+08:00) 2017-05-18 18:30:20

         जापानी प्रधानमन्त्री सिन्चो आबेले आज अठार तारिख दक्षिण कोरियाली राष्ट्रपति मून जे इनका विशेषदूत मून ही साङ्गसँग भेटवार्ता गर्दै राष्ट्रपति मूनको व्यक्तिगत पत्र स्वीकार गर्नुभएको छ।

          दक्षिण कोरियाली राष्ट्रपतिको पत्रमा दक्षिण कोरिया र जापानका सर्वोच्च नेताबीचको वार्ता छिटो आयोजना गर्ने आशा गरिएको छ। प्रधानमन्त्री आबेले वार्ताको अपेक्षा गर्दै दक्षिण कोरियाको नयाँ सरकारसँग भविष्य उन्मूख सम्बन्धको निर्माण गर्ने आशा गरेको बताउनुभएको छ। साथै जापान, दक्षिण कोरिया र अमेरिकाले आपसी सहयोगलाई निरन्तरता दिँदै उत्तर कोरियामाथि दबाव पुर्‍याउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु