फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा स्थानीय अवस्थाअनुसार गरिबी निवारण गरिरहेको

(GMT+08:00) 2017-05-18 18:44:40

         गरिबी विश्वव्यापी देखा परेको समस्या हो। विश्व बैङ्कको सन् 2016को तथ्याङ्क अनुसार, विश्वमा करिब सत्तरी करोड गरिब छन्। सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा रहेको चीनको गरिबी जनसंख्या सन् 2012को आठ करोड बीस लाखबाट हाल चार करोड रहेको छ।

         सन् 2020सम्ममा पूर्ण रूपमा गरिबी निवारण गर्ने चीन सरकारको लक्ष्य रहेको छ। त्यसलाई व्यवहारमा उतार्नका लागि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले गरिबी निवारण गर्ने लक्षित उपाय अपनार्इ सम्बन्धित् रणनीति बनाएर सरकार र समाजले गरिबी निवारण गर्नुपर्ने पक्षमा जोड दिनुभएको छ।

       

        के‌ही वर्षयता चीन सरकारले विभिन्न स्थानीय अवस्था अनुसार कदम चाली स्थानीय रूपमा गरिबी उन्मूलन गर्न प्रयास गरिरहेको छ तीमध्ये पशुपालन, परम्परागत कृत्रिम उद्योग आदि कदम संचालन भएबाट धेरै गरिब गाउँहरू गरिबीबाट मुक्त भएका छन्। तर चीनभरिका एक लाख अठ्ठाइस हजार वटा गरिब गाउँका अरु चार करोड गरिब जनताको आगामी चार वर्षभित्र गरिबी निवारण गर्ने बाटोमा सबैभन्दा ठूलो समस्या भनेको कमजोर प्राकृतिक अवस्था हो। त्यसको लागि चीनले बसोबास क्षेत्र सार्ने, बाहिरी क्षेत्रमा रोजगार दिने, पर्यावरण संरक्षण गर्ने आदि उपायमार्फत स्थानीयहरुलाई गरिबीबाट मुक्त गर्ने प्रयास गरिरहेको छ।

जानकारी तथा लेखहरु