फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानले दक्षिणी चीन सागरको स्थितिलाई अतिरञ्जित बनाएबाट क्षेत्रीय शान्ति तथा स्थीरताका लागि बेफाइदा

(GMT+08:00) 2017-05-18 19:09:09

       चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले क्षेत्रीय तथा मुलुकबीचको आपसी विश्वासलाई फाइदा पुग्ने पक्षमा सही अडान राखी तथा क्षेत्रीय शान्ति र स्थीरताको लागि फाइदा पुग्ने गतिबिधि गरी चीन-जापान सम्बन्धको सुधार गर्ने आफ्नो घोषणालाई व्यवहारमा उतार्न जापानलाई आग्रह गर्नुभएको छ।

        जनाए अनुसार, हाल जापानका प्रधानमन्त्री शिन्चो आबेले जापानको भ्रमणमा रहनुभएका न्यूजिल्याण्डका प्रधानमन्त्री बिल इंग्लिशसँगको वार्तापछि संयुक्त वक्तव्य प्रकाशित गरी दक्षिणी चीन सागर स्थितिमाथि नजर पुर्‍याउनुका साथै उत्तेजक गतिबिधि नचाल्न विभिन्न पक्षलाई आह्वान गर्नुभएको छ।

         आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा त्यससम्बन्धी पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। उहाँले हाल चीनलगायत दक्षिणी चीन सागर वरिपरिका मुलुकको संयुक्त प्रयासमा दक्षिणी चीन सागर स्थिति स्थीर हुँदैगएको अवस्थामा जापान र न्युजिल्याण्डले संयुक्त वक्तव्य प्रकाशित गर्नु उचित नभएको व्यक्त गर्नुभयो। उहाँले हाल जापानले दक्षिणी चीन सागरको स्थीरतामाथि ध्यान दिएको हो या चीन र फिलिपिन्स तथा आशियान मुलुकबीचको सम्बन्ध स्थीर भएकोमा चिन्ता लिएको थाहा नभएको व्यक्त गर्नुभयो। साथै उहाँले सम्बन्धित मुलुकले दक्षिणी चीन सागर स्थिति बुझेर अरु मुलुकबाट प्रयोग नहुने आशा लिएको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु