फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'हर्न निषेध' कारबाहीबाट रु १८ लाख राजस्व

(GMT+08:00) 2017-05-19 16:31:17

       महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको 'हर्न निषेध'कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ।

       महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो। महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत उपत्यकामा तीन हजार ७२४ सवारी साधनका चालकलाई कारबाही गरिएको जानकारी दिएको नागरिकनयूजले लेखेको छ।

        महानिरीक्षक लामाका अनुसार उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन्। हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको पनि उनले दाबी गरे।

       हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको महाशाखाले जनाएको छ। हर्न निषेध उल्लङ्घन गर्ने सवारी साधानको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व सङ्कलन गर्दै आएको छ।

जानकारी तथा लेखहरु