फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतबीच भेटवार्ता

(GMT+08:00) 2017-05-19 16:47:00

        चिनियाँ राष्ट्राध्यक्ष सि चिन फिङले आज 19 तारिख जन बृहत्त सभाभवनमा दक्षिण कोरयाली राष्ट्रपतिका विशेषदूत लि हाइ चानसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार चीन र दक्षिण कोरिया छिमेकी मुलुक हुन्। यी दुबै पक्षबीच दौत्य सम्बन्ध स्थापना भएको 25 वर्षयता आपसी द्विपक्षीय सम्बन्धमा उल्लेखनीय विकास भएको छ जसबाट यी दुबै मुलुक र जनताका लागि प्रचुर लाभ ल्याइएको छ। चीनले दक्षिण कोरियासँगको सम्बन्धलाई जोड दिँदै आपसी सम्बन्धलाई छिटो सामान्य बाटोमा ल्याउने प्रयास गर्ने आशा पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

       सो क्रममा कोरियाली प्रायद्वीप आणविक समस्याको सम्बन्धमा चीनले आणविकरहित कोरियाली प्रायद्वीप भन्ने अडानलार्इ दृढताकापूर्वक लिँदै वार्तामार्फत सम्बन्धित् समस्याको समाधान गर्ने नीतिलाई निरन्तरता दिँदै जाने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

        विशेषदूत लिले नव नियुक्त दक्षिण कोरियाली राष्ट्रपति मून जे इनद्वारा राष्ट्राध्यक्ष सीलाई पठाइएको व्यक्तिगत-पत्र प्रदान गर्नुभएको छ। उहाँका अनुसार दक्षिण कोरियाले चीनसँग घनिष्ठ सम्पर्क राख्दै आपसी सम्बन्धको विकासमा देखापरेको बाधाको समाधान गर्न प्रयास गर्ने आशा छ।

जानकारी तथा लेखहरु