फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विश्वको सबैभन्दा ठूलो चिया उत्पादक मुलुक

(GMT+08:00) 2017-05-19 16:50:47

     हाल चीन सारा विश्वमा चिया उत्पादन तथा उपभोग गर्नेमा सबैभन्दा ठूलो मुलुक बनेको छ। सन् 2016मा चीनको चिया खेतीको क्षेत्र 28,700 वर्ग किलोमिटर पुगेको छ। उत्पादन मात्रा चौबीस लाख टनभन्दा बढी छ भने चिया रोपण परिमाणमा पनि विश्वमा पहिलो स्थान ओगटेको छ। त्यसै गरी उपभोग मात्रा बीस करोड टनभन्दा बढी पुगेको छ।

      मै 18 तारिख चिनियाँ कृषि मन्त्री हान छाङ्ग पिनले पहिलो चीन अन्तर्राष्ट्रिय चिया एक्स्पोको उद्घाटन समारोहमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीन चियाको जन्मथलो मात्र नभइ चिया सँस्कृतिको उद्गम स्थल पनि हो। पाँच हजार वर्षअघि चिनियाँले चिया प्रयोग गर्न थालेको हो। चिया प्राचिन रेशमी मार्गको प्रतिष्ठित बस्तु मात्र नभइ चीन र विश्वका विभिन्न मुलुकबीचको आदानप्रदान तथा सहयोगको पूल पनि बनेको छ।

       धेरै वर्षयता चीनमा यांग सी नदी बग्ने मध्य-तल्लो भागको श्रेष्ठ हरियो चिया,दक्षिण-पूर्वी समुद्री तटवर्ती क्षेत्रको उ लोङ चिया,यांग सी नदी बग्ने मध्य-माथिल्लो भागको विशेष हरियो पत्ति चिया,दक्षिण-पश्चिमी क्षेत्रको कालो चिया गरी चार ठूलो श्रेष्ठ क्षेत्र स्थापना भएको छ। कृषि मन्त्री हानले जोड दिनुभएअनुसार चीनको चिया उद्योगको शक्तिशाली विकास नै कृषि उद्योगको आपूर्ति-क्षेत्रको सुधारलाई प्रवर्द्धन गर्ने एक महत्वपूर्ण विषय र गरिबीबाट मुक्ति हुने महत्वपूर्ण माध्यम हो।

जानकारी तथा लेखहरु