फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाण्डौँमा चिनियाँ व्यवसायी दक्षता तालिम केन्द्र स्थापना

(GMT+08:00) 2017-05-19 18:21:02

         सिन ह्वा समाचार समितिकाअनुसार, नेपालको काठमाण्डौँ विश्वविद्यालयको कन्फ्युसियस कलेज र नेपाल-चीन व्यवसाय समितिले संयुक्त रुपमा काठमाण्डौँमा चिनियाँ व्यवसायी दक्षता तालिम केन्द्रको ‌औपचारिक रुपमा स्थापना गरेको छ।

         मै अठारमा आयोजित उद्घाटन समारोहमा नेपालका लागि चीनका राजदूत यु होङले एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च भर्खरै सम्पन्न भएको अवसरमा यस केन्द्रको स्थापना गर्नु निकै सही भएको भन्दै केन्द्रले चाहेबमोजिम चिनियाँ व्यवसायीलाई लक्षित सेवा प्रदान गरी नेपालमा काम गर्न सहायक हुनसक्ने आशा आफूले लिएको व्यक्त गर्नुभयो।

          सन् 2013को जुलार्इमा स्थापना भएको नेपालको चिनियाँ व्यवसायी समितिका अध्यक्ष युआन च स्युङले हाल उक्त समितीमा चालीस जना सदस्य भइसकेको बताउनुभयो। साथै नेपालमा काम गर्दा ती व्यवसायी सदस्यहरूलाई ज्ञानको अभाव र नेपाली भाषा, सँस्कृति तथा कानून आदि नेपालसम्बन्धी विषयमा थप अरु सिक्नुपर्ने लागेको जानकारी दिँदै यस केन्द्रको स्थापनाले धेरै सहयोग पुग्ने बताउनुभयो।

जानकारी तथा लेखहरु