फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-फिलिपिन्स व्यावहारिक सहयोगबाट दुई देशका जनतालाई धेरै सुविधा

(GMT+08:00) 2017-05-19 18:21:28

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले केही समययता चीन र फिलिपिन्सबीचको सम्बन्ध राम्रो हुँदैआएको र चीन-फिलिपिन्सबीचको विभिन्न क्षेत्रको व्यावहारिक सहयोगलार्इ अघि बढाउँदा दुई देश र दुई देशका जनताले अझ बढी व्यावहारिक उपलब्धि हासिल गर्नसक्ने विश्वास चीनले लिएको व्यक्त गर्नुभयो।

          आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छोन यिङले उक्त कुरा बताउनुभएको हो। चीनका लागि फिलिपिन्सका राजदूत लो मा नाले हालै जानकारी दिएअनुसार, हाल फिलिपिन्स राजदूतावासमा पर्यटक र व्यापारीको भिसा आवेदन दिने चिनियाँको संख्या दुई सय प्रतिशत बढेको छ। साथै चीन सरकारले फिलिपिन्सलार्इ पर्यटनका लागि सावधानीको सूचीबाट रद्द गरेको छ यसरी यस वर्ष नै फिलिपिन्समा घुम्ने चिनियाँ पर्यटकको संख्या दश लाख पुग्ने अनुमान छ। प्रवक्ता ह्वाले त्यसबाट फिलिपिन्स राजदूतावासको कार्य मात्रा धेरै बढ्नेछ तर फिलिपिन्समा घुम्ने चिनियाँ पर्यटकको संख्या बढ्नु राम्रो कुरा भएको र फिलिपिन्सलाई खुशी लाग्ने व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु