फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माउन्टेन हाइड्रो नेपालले सर्वसाधारणलाई सेयर जारी गर्ने

(GMT+08:00) 2017-05-20 14:18:59

माउन्टेन हाइड्रो नेपालले पनि सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। कम्पनीको जेठ 1 गते बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो। कम्पनीको यो प्रस्ताव यही 19 गते हुने विशेष साधारण सभामा लगिदैछ। कम्पनीले प्रबन्ध पत्र र नियमावलीमा भएको व्यवस्था अनुसार चुक्ता पुँजी पुर्याउन साधारण सेयर जारी गर्न लागेको अनलाइन खबरले लेखेको छ।

कम्पनीले 21.6 मेगावाटको तल्लो हेवा खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ। करिब डेढ वर्ष अगाडी 3 अर्ब 60 करोड रुपैयाँ लागतमा यो आयोजनाको काम सुरु भएको हो। पाँचथरको फिदिम गाविसमा रहेको यो आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग हुने छ। 2071 मा कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भइसकेको छ।

http://www.onlinekhabar.com/2017/05/586921/

जानकारी तथा लेखहरु