फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली परियोजनालाई दुई करोड 40 लाखको पुरस्कार

(GMT+08:00) 2017-05-20 14:19:23

जैविक विविधता एवम् वन्यजन्तु संरक्षणसम्बन्धी एक नेपाली परियोजनाले झण्डै दुई लाख चालीस हजार अमेरिकी डलर अर्थात् दुई करोड 40 लाख बढी रकम बराबरको पुरस्कार जितेको छ। केटिक बेल्ट इन्कको 'भर्टिकल युनिभर्सिटी' परियोजनाले 'द क्राउडराईज अर्थ डे रोडम्याप कलाईमेट च्यालेन्ज'मा दोस्रो स्थान प्राप्त गर्दै सो रकम जित्न सफल भएको कान्तिपुर अनलाइनले लेखेको छ। पर्यावरणसम्बन्धी यो अनलाईन प्रतिस्पर्धामा विभिन्न मुलुकमा परियोजनाहरुले सहभागी हुन्छन् भने सबैभन्दा बढी चन्दा संकलन गर्ने परियोजना पुरुस्कृत हुने गर्छ।

चार सय 41 दाताहरुले 'भर्टिकल युनिभर्सिटी' परियोजनालाई एक लाख 57 हजार सात सय 82 डलर सहयोग गरेका थिए। जसमा सबैभन्दा धेरै अमेरिकाबाट सहयोग गरिएको थियो। दोस्रो स्थान प्राप्त गरेबापत परियोजनाले थप 75 हजार डलर जितेको छ भने चार हजार डलरको मिनी च्यालेन्ज पुरस्कार र तीन हजार डलरको अफलाईन चन्दासहित कूल दुई लाख 39 हजार सात सय 82 डलर संकलन गर्न सफल भएको छ। च्यालेन्जमा इण्डोनेसियास्थित बालीको ग्रीन स्कुलले पहिलो स्थान प्राप्त गरेको थियो।

जैविक विविधता र वन्यजन्तु संरक्षणलाई मध्यनजर गरिएको 'भर्टिकल युनिभर्सिटी' परियोजनाले नेपालको पूर्वी क्षेत्रको 67 मिटरको कोसी टप्पुदेखि आठ हजार पाँच सय 86 मिटरको कञ्चनजंगा क्षेत्र समेटेको छ। सन् 2014 मा केटिक बेल्ट इन्कले यो परियोजना बनाएको थियो भने करिब एक महिनादेखि 'रोडम्याप कलाईमेट च्यालेन्ज' प्रतिस्पर्धी थियो। परियोजनाको सहसंयोजकद्वय प्रियंका विष्ट, राजीव गोयललगायत एघार देशका चालीस स्वयम्‌सेवकहरु परियोजनालाई जिताउन सक्रिय थिए। सांगीतिक कार्यक्रम, मम पार्टी, भेला, टेलिफोनमार्फत सहयोगको लागि आह्वान गरिएको थियो।

राजील गोयलले भन्नुभयो 'एक महिनामा अथक् टिमवर्क र परिश्रमले हामी दोस्रो स्थान हासिल गर्न सफल भएका छौं। यो सफलतालाई पूर्वनिर्धारित सातवटा प्रोजेक्टमा केन्द्रित गर्नेछौं।' लोपोन्मुख जैविक विविधताको संरक्षणको लागि स्थानीयवासीहरुलार्इ सहभागी गराउँदै भर्जिकल युनिभर्सिटीको परिकल्पनालाई मूर्तरुप दिने तयारी गरिएको गोयलले बताउनुभयो।

http://kantipur.ekantipur.com/news/2017-05-19/20170519102046.html

जानकारी तथा लेखहरु