फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चरणको निर्वाचनका लागि आजदेखि निर्वाचन आयोगले सबै जिल्लामा कार्यालय सञ्चालनमा गराउँदै

(GMT+08:00) 2017-05-20 14:19:48
 नेपालमा आगामी 31 गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आज शनिबारदेखि 43 जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रुपमा सञ्चालन आउने भएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शनिबारदेखि 43 जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

उहाँले भन्नुभयो, 'जेठ 15 बाट निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा आउनेछन्।' विसं 2074 जेठ 31 गते बुधबार हुने दोस्रो चरणको निर्वाचनमा चार प्रदेशका 461 स्थानीय तहमा निर्वाचन हुँदैछ।

प्रदेश नं 1, 2, 5 र 7 प्रदेशमा हुने दोस्रो चरणको निर्वाचन 12 उपमहानगरपालिका, 156 नगरपालिका र 293 गाउँपालिकामा हुनेछ। सो निर्वाचनमा 90 लाख 97 हजार 557 जना मतदाता रहेको आयोगले जनाएको छ।

निर्वाचन अधिकृतले यही जेठ 15 गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीको तालिम सञ्चालन गर्नेछन्। निर्वाचन कार्यक्रमनुसार जेठ 19 गते उम्मेदवारको मनोनयन र जेठ 22 गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ। दोस्रो चरणको निर्वाचनमा 11 हजार 931 मतदान केन्द्र रहने छन्।

रासस

जानकारी तथा लेखहरु