फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राज्य परिषद सदस्य याङद्बारा अमेरिकी विदेशसँग टेलिफोन वार्ता

(GMT+08:00) 2017-05-20 14:20:51

 चीनका राज्य परिषदका सदस्य याङ च्ये छले मे बीस तारिख अमेरिकी विदेश मन्त्री रेक्स टिले‍र्सेनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राज्य परिषदका सदस्य याङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेट-वार्तापछि दुवै नेताको एकमतोमा चीन र अमेरिका बीचको सम्बन्धले नयाँ महत्वपूर्ण प्रगति हासिल गरेको बताउनुभयो। उहाँले आगामी समयमा दुवै पक्षले उच्च स्तरीय तथा विभिन्न स्तरको आदान-प्रदान कायम राख्ने, विभिन्न क्षेत्रको व्यावहारिक सहयोगलाई सबल पार्ने, महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्यामा आदान-प्रदान र समन्वय बलियो बनाउने कुरा औँल्याउनुभयो। उहाँले पहिलो पटक चीन-अमेरिका परराष्ट्र सुरक्षा वार्ता सफल रुपमा आयोजना गर्नका लागि चीन र अमेरिकाले घनिष्ट सहयोग राख्नु पर्ने जनाउनुभएको छ।

अमेरिकी विदेश मन्त्री टिलेर्सेनले यो सुरक्षा वार्ताको तयारी कार्य राम्ररी गर्नका लागि अमेरिकाले चीनसँग बलियो समन्वय गर्ने बताउनुभयो।

दुवै पक्षले कोरियाली प्रायद्बिपको परिस्थिति लगायतका साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे छलफल गर्नुभएको छ।

जानकारी तथा लेखहरु