फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छैटौं सिरिया समस्या सम्बन्धी जेनेभा शान्ति वार्ता नतिजा सून्य

(GMT+08:00) 2017-05-20 15:48:48

संयुक्त राष्ट्र संघको अध्यक्षता रहेको छैटौं सिरिया समस्या सम्बन्धी जेनेभा शान्ति वार्ता हिजो मे उन्नाईस तारिख सम्पन्न भयो। यस पटकको शान्ति वार्तामा कूनै पनि नतिजा सम्पन्न भएको छैन। संयुक्त राष्ट्र संघका महासचिवका सिरिया समस्या सम्बन्धी विशेषदूत स्टेफल द मिस्टुराले आगामी चरणको शान्ति वार्ता जुन महिनामा आयोजना हुने सम्भावना रहेको बताउनुभएको छ।

उहाँले शान्ति वा‍र्तापछि आयोजित पत्रकार सम्मेलनमा यो शान्ति वार्तामा विभिन्न पक्षले साझा ध्यान दिएर वास्तविक समस्याबारे छलफल गरेको जातीय एकीकृत सरकार गठन गर्ने, संविधान संशोधन गर्ने, आम निर्वाचन गर्ने र आतंकवादको विरोध गर्ने शान्ति वार्ताका चारवटा मुख्य विषयमा छलफल नभएको जानकारी दिनुभयो। उहाँले आगामी शान्ति वार्तामा यी चारवटा मुख्य विषयबारे छलफल गर्ने आशा व्यक्त गर्नुभयो।

सिरिया सरकारी प्रतिनिधि मण्डलका प्रमुख बाशार अल-जफारीले पनि शान्ति वार्ताका चारवटा मुख्य विषयबारे कुनै छलफल नभएको बताउनुभयो। सिरिया मु्ख्य विपक्षी समूहका उच्च वार्ता समितिका सर्वोच्च प्रतिनिधि मसर अल-हरिरीले यो शान्ति वार्तामा कूनै प्रगति हासिल नभएको तरपनि विभिन्न पक्षले जेनेभामा राजनीतिक उपायमार्फत सिरिया समस्याबारे शान्ति वार्ता आयोजना गरेकाले महत्वपूर्ण अर्थ रहेको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु