फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलडमरुका दुई किनारबीचको सम्बन्ध सधैँ स्पष्ट

(GMT+08:00) 2017-05-20 15:50:50

चीनको राज्य परिषदको थाइवान मामिला कार्यालयका प्रवक्ता आन फङ्ग शानले हिजो मे 19 तारिख जलडमरुका दुई किनारबीचको वर्तमान सम्बन्धबारेमा चर्चा गर्दै यस सम्बन्धको स्वभाव नै जलडमरुका दुई किनारका जनताको भविष्य र भाग्यका लागि केन्द्रीय सम्बन्ध सिर्जना गरेको भन्दै यो सम्बन्धको स्वभाव स्पष्ट हुनुका साथै केही परिवर्तन नभएको बताउनुभएको छ।

उहाँका अनुसार बिगत एक वर्षमा थाइवान क्षेत्रको परिस्थितिमा महत्वपूर्ण परिवर्तन भएको छ। जलडमरुका दुई किनारबीचको सम्बन्ध दिनप्रति दिन चर्को बन्दै गएको छ। शान्त विकासको उपलब्धि गुमाएको छ। यो नकारात्मक अवस्था लोकतान्त्रिक प्रगतिशील पार्टीद्बारा बनाइएको हो। वास्तविकताबाट फेरि पनि "1992 सहमति"राजनीतिक आधारलाई कायम राख्नुबाट जलडमरुका दुई किनारबीचको सम्बन्धको विकासलाई अझ विस्तार गर्न सकिन्छ। मुख्य भूमि र थाइवान क्षेत्र एउटै चीन हुन्। एक चीनको सिद्धान्तलाई द्दढ कायम राख्दै कुनै किसिमको थाइवान स्वतन्त्र शक्तिलाई अस्वीकार गर्नुपर्छ। जसबाट शान्त विकासको उपलब्धिको संरक्षण गर्दै जनगणतन्त्र चीनको उज्यालो भविष्यको सिर्जना गर्न सकिने छ।

जानकारी तथा लेखहरु