फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सोमालियामा तीन लाख साठी हजार बालबालिकाहरु भोकमरीको खतरामा

(GMT+08:00) 2017-05-20 15:51:49

 रेड क्रसको अन्तर्राष्ट्रिय समितिको विश्वव्यापि संचालनका निर्देशक डोमिनिक स्टिलहार्टले मे उन्नाईस तारिख केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा युद्ध, खडेरी, हैजा आदि कारणबाट सोमालियामा हालै तीन लाख साठी हजार बालबालिकाहरु गम्भिर कुपोषण र भोकमरीको खतरामा परेको जानकारी दिनुभयो।

निर्देशक डोमिनिकले हालै सोमालियाको भोकमरीको अवस्था धेरै गम्भिर रहेको बताउँदै अन्तर्राष्ट्रिय मानवीय सहायता एजेन्सीहरूले अतिआवश्यक कार्य संचालन गर्न जरुरी रहेको बताउनुभयो।

संयुक्त राष्ट्र संघका महासचिव आन्टिनियो गुटेरेसले गत एघार तारिख "लङडङ सोमालिया सम्मेलन"मा गम्भिर मानीय संकट देखा परेको यो वर्षको अन्तमा थप नब्बे करोड डलर अमेरिकी सहयाता पाउने आशा व्यक्त गर्नुभएको थियो।

जानकारी तथा लेखहरु