फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा पुननिर्वाचित इरानी राष्ट्रपतिलाई बधाई सन्देश

(GMT+08:00) 2017-05-21 14:36:01

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे बीस तारिख इरानको आम निर्वाचनबाट पुननिर्वाचित राष्ट्रपति हासन रुहानीलाई हार्दिन बधाई दिनु भएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले विगत चार वर्षमा राष्ट्रपति रुहानीको नेतृत्वमा इरानको आर्थिक विकासमा नयाँ प्रगति हासिल भएको बताउनुभएको छ। उहाँले दुवै पक्षको साझा प्रयासमा चीन र इरान बीचको सम्बन्धमा राम्रो विकास भएको औंल्याउनुभयो। उहाँले गत वर्षको जनवरीमा आफूले इरानमा राजनीतिक भ्रमण गरेर रुहानीसँग गहन वार्ता आयोजना गरेको उल्लेख गर्दै चीन र इरान बीचको सम्बन्धबारे महत्वपूर्ण एकमतो भएको पनि उल्लेख गर्नु भएको छ। दुवै मुलुकले चौतर्फी रुपमा रणनीतिक साझेदारी सम्बन्धलाई निर्माण गर्ने घोषित नीति गरेको जनाउनुभएको छ। चीनले इरानसँगको सम्बन्धलाई उच्च ध्यान दिनुका साथै रुहानीसँग चौतर्फी रणनैतिक साझेदारी सम्बन्धलाई अझ विकास गर्ने इच्छा पनि राष्ट्राध्यक्ष सीले बधाई सन्देशमा व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु