फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"इस्लामिक स्टेट"लाई अफ्गानिस्तानमा तहसनहस बनाइएको अमेरिकी सेनाको भनाइ

(GMT+08:00) 2017-05-21 14:36:33

अफ्गानिस्तानका लागि अमेरिकी सेनाले मे 19 तारिख एउटा वक्तव्य प्रकाशित गर्दै चरम उग्रवादी संगठन"इस्लामिक स्टेट"ले अफ्गानिस्तानमा गभ्मीर क्षति पाएको भन्दै यो संगठनले कब्जा गरेको दुई तिहाई क्षेत्र मुक्त गरिएको बताएको छ। बिगत केही महिनामा अफ्गानिस्तानका लागि अमेरिकी सेना र अफ्गानिस्तानी सुरक्षा फौजले"इस्लामिक स्टेट"संगठनको अफ्गानिस्तान शाखाका नाइके हाफिज साइद र उसका उत्तराधिकारी शाइख अब्दूलाह हासिवलाई मारेको छ। सन्2017 को मार्चदेखि यता यो संगठनका कम्तीमा 750 सदस्यलाई संयुक्त सैनिक कारवाहीमा मारिएका छन्।

अमेरिकी सेनाले जनाएअनुसार अफ्गानिस्तानमा गरिएको यो सखाप कार्वाही "इस्लामिक स्टेट"संगठनको अफ्गानिस्तान शाखालाई पूर्ण रुपमा तहसनहस बनाउनु रहेको छ।

जानकारी तथा लेखहरु