फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पपीडितको ट्याक्सीको गोलाप्रथा जेठ 13, 14 र 15 गते

(GMT+08:00) 2017-05-21 14:37:52

नेपालका भूकम्प अतिप्रभावित 14 जिल्लाका भूकम्पपीडितले जेठ 13, 14 र 15 गते 15 सय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन्। ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत 15 सय जनालाई ट्याक्सीको प्लेट दिइने अनलाइन खबरले लेखेको छ।

यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो। विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सार्वजनिक रुपमा कार्यक्रम गरेर गोलाप्रथा गरिने बताउनुभयो। टिभी टुडेमार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ।

वेदकमध्येबाट भाग्यसाली 15 सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन्। बितेको साउन 5 देखि भदौ 5 सम्म एक लाख 49 हजार पाँच सय 58 भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए।

भूकम्पबाट अति प्रभावित भएका 14 दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गरएका हुन्। विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियतथ वा अनुदान नदिइने जनाएको छ।

सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा 15 सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो। भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले 2072 जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो।

अब अहिलेकाभन्दा गुणस्तर र क्षमताभन्दा कम नहुने गरी 15 सय थान ट्याक्सी वितरण गर्न लागिएको विभागले जनाएको छ। निर्वाचान आचारसंहिताका कारण चैत 26 मा गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको थियो।

http://www.onlinekhabar.com/2017/05/587473/

जानकारी तथा लेखहरु