फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु शु तिब्बती जातीय स्वायत्त प्रिफेक्चर सरकारको सहयोगमा नेपालमा भूकम्पबाट ध्वस्त भएको विद्यालयको निर्माण सुरु

(GMT+08:00) 2017-05-21 16:30:52

चीनको छिङ्गहाइ प्रान्तको यु शु तिब्बती जातीय स्वायत्त प्रिफेक्चर सरकारको सहयोगमा दुई वर्ष अगाडि भूकम्पले ध्वस्त बनाएको जनआदर्श माध्यमिक विद्यालयको पुनःनिर्माण उद्घाटन यही मे 19 तारिख काठमाडौँमा भएको छ।

जनआदर्श माध्यमिक विद्यालय वि‌ सं 2004 मा स्थापना भएको हो। दुई वर्ष अगाडि गएको विनाशकारी भूकम्पबाट उक्त विद्यालय ध्वस्त भएको थियो। हाल यस विद्यालयमा 1200 विद्यार्थि अध्ययनरत छन्। सन् 2016 को डिसेम्बरमा यो विद्यालयले चीनसँग सहायोग निर्माण सम्झौतामा हस्ताक्षर गरेको थियो।

यु शु तिब्बती जातीय स्वायत्त प्रिफेक्चरका सरकारी उपाध्यक्ष साइ युले उद्घाटन समारोहमा जनाउनुभएअनुसार नेपाल र यु शु दुवै भूकम्पबाट प्रताडित क्षेत्र हुन्। यु शुका स्थानीय सरकार र जनताले भूकम्पपछि नेपालको पुनःनिर्माणलाई जोड दिँदै विद्यालयको पुनःनिर्माण परियोजनामार्फत यी दुबै मुलुकबीचको मित्रताका लागि नयाँ योगदान सिर्जना गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु