फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आक्रमणमा  परी छ जना पाकिस्तानी प्रहरीको मृत्यु

(GMT+08:00) 2017-05-22 17:00:06

पाकिस्तानी सञ्चार माध्यमको जनाएअनुसार, विगत 24 घण्टामा सशस्त्र समूहले दुइपटक पाकिस्तानी प्रहरीमाथि आक्रमण गरेका छन्। आक्रमणबाट छजनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन्।

मे 21 तारिख केही सशस्त्र समूहले सिन्ध प्रान्तको सदरमुकाम कराँचीमा एउटा प्रहरी गाडीमाथि गोली हानेर भागेका थिए। जसबाट गाडीमा रहेका तीनजना प्रहरीमध्ये दुइ जनाको मृत्यु हुनुका साथै अर्को एक जना गम्भीर घाइते भएका हुन्।

मे 20 तारिख राति केही सशस्त्र समूहले एक गस्ती प्रहरी गाडीमाथि गोली हानेर भागेका थिए। सो आक्रमणमा चारजना प्रहरीको मृत्यु भएको छ।

पाकिस्तानी तालिवानको शाखा तहरिक-ए-तालिवान पाकिस्तान जाम्मात-उल-आहरार ग्रुपले ती दुवै आक्रमणको जिम्मा लिएको छ।

जानकारी तथा लेखहरु